दमौली। तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।”
व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” प्रनाउ खाँडले भने । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित
गर्भावस्थाको समयमा महिलाको मस्तिष्क बारे महत्वपूर्ण अध्ययन
युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु
सर्पले डस्दा महिलाको मृत्यु
दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो
शौचालय जाँदा लडेर एक महिलाको मृत्यु