धनगढी। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो।
पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्।सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १४ : ३०
लेखकबाट थप