एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयको प्रतीक्षा पछि रुसविरुद्ध प्रतिआक्रमण सुरु भएको पुष्टि गरेका छन् ।
उनले शुक्रबारदेखि नै प्रतिआक्रमण र रक्षात्मक कार्यहरू भइरहेको जनाएका छन् । तर जबाफी कारवाही कुन चरण वा राज्यमा छ भन्नेबारेमा केही खुलाएका छैनन् ।
युक्रेनको दक्षिण र पूर्वमा लडाइँ बढ्दै गएपछि युक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान पछि उनको यो भनाइ आएको हो ।
युक्रेनी सेनाले पूर्वमा बाख्मुत नजिक र दक्षिणमा जापोरिज्जियाको नजिक प्रगति गरेको र रुसी लक्ष्यहरूमा लामो दूरीको हमला गरेको दाबी गरिएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ जेठ २०८०, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति