धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए । उनले शुक्रबार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकसँग छलफल गरेको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज
सुदूरपश्चिममा काँग्रेसले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा
सुदूरपश्चिममा विश्वासको मत दिन हतार गर्ने बेला भएको छैन : एमाले
काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्रीको कडा प्रतिवाद गर्ने