काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् राजेन्द्र लिङ्देनले जनता र व्यवसायीमा आशा पैदा गर्ने खालको बजेट नआएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै राप्रपा सांसद् लिङदेनले करको दर र दायरा बढाउने नाममा बजेटले निराश जनता र व्यवसायीलाई आशा नदिएको बताएका हुन् ।
लिङ्देनले भने, ‘निराश जनता र व्यवसायीलाई आशा पैदा गर्ने खालको बजेट छैन । बजेट बनाउने भनेको देशको सुदूर भविष्यलाई हेरेर हो । बजेट निर्माण गर्दा विगतलाई आधार मान्नुपर्छ । चालु आर्थिक वर्षको राजस्व असुली हेर्दा बजेट सन्तोषजनक छैन ।’
लिङ्देनले हवाइ टिकटमा भ्याट लगाउने कुरा उल्लेख भएको भन्दै यसले पर्यटक आगमनमै प्रभाव पर्ने बताए । उनले भने,‘अर्थमन्त्रीज्यूले करको दर र दायरा बढाउने कोशिस गर्नुभएको छ । करको दर र दायरा बढाउँदा यसले एकातिर करको दर बढ्ने देखिन्छ भने अर्कोतिर दुष्प्रभाव असर पर्ने देखिन्छ । हवाइ टिकटमा भ्याट लगाउने कुरा गर्नुभएको छ । यसको कारण पर्यटक आउने क्रममा प्रभाव पर्यो भने असुली बढि हुन्छ कि नोक्सानी ? यसमा ध्यान पुर्याउन किन नसकिएको ?’
आफूहरूले नागरिकता विधेयक प्रक्रियाको विरोध गरेको बताए । लिङ्देनले भने,‘राष्ट्रपति व्यक्ति होइन संस्था हो । एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणीकरण के आधारमा गर्नुभयो ? यो कुरा संसद्ले थाह पाउनुपर्छ । ’
उनले बिजुली कसरी भारतलाई जिम्मा लगाउनेमा मात्रै सरकारको ध्यान गएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको प्रश्न- राप्रपा बाहेक भ्रष्टाचारको विरोधी पार्टी कुन छ ?
विपदको क्षति न्युन गर्न सरकार चुक्यो : राजेन्द्र लिङ्देन
विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन