काठमाडौं । आर्थिक विधेयक निर्माणका क्रममा करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरी, राप्रपा प्रमुख सचेतक ज्ञानेन्दबहादुर शाही, सांसदहरु स्वर्णिम वाग्ले, अमरेशकुमार सिंह र प्रेम सुवालले करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठको सहभागिताबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेका छन् ।
सोही क्रममा सांसद प्रेम सुवालले ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिनुपर्ने बताएका छन् ।
अन्यथा बजेटमा विचौलियाको प्रवेश नरोकिने उनको भनाइ छ ।यसैगरी उनले स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र विदेशमा सम्पत्ति लैजान नपाउने व्यवस्था गर्नुपर्ने माग गरे । करमा दर हेरफेरमा श्रेष्ठकाे सहभािगताबारे उठेका प्रश्नकाे जवाफ संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल
सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल
गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्याए : प्रेम सुवाल
काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल
गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा : प्रेम सुवाल
सदन संसदीय व्यवस्थाअनुसार चलेन, सत्तापक्ष र प्रतिपक्षबिच भागबण्डा मात्रै भयो : सांसद सुवाल