काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताएका छन।
आइतबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस विषयमा देशघात भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गरे।
उनले भने –‘नागरिकता विधेयकमा प्रमाणिकरण भयो त्यो संविधान अनुसार, संसदीय व्यवस्था अनुसार मिल्दैन । संविधानको धारा ११३ मा सभामुखले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपपतिकहाँ पेस गर्ने भनेर स्पष्ट लेखेको छ । त्यसकारण नागरिकता विधेयक संसदलाई छलेर प्रधानमन्त्रीले सिफारिस गरे अनुसार राष्ट्रपतिबाट भएको प्रमाणिकरण एक किसिमको जालसाझी हो ।
जालसाझी राष्ट्रपति र प्रधानमन्त्रीले गर्नु हुँदैन । नेपालका राष्ट्रपति र प्रधानमन्त्री भारतीय एकाधिकार पुँजिको र भारतीय बिस्तारवादको गोटी चालमा फसेको पुष्टि भयो । दुवैले राजनीमा गर्नुपर्छ । संसदमा अविश्वास र महाअभियोगको प्रस्ताव ल्याउनुपर्छ । देशघात भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल
सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल
गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्याए : प्रेम सुवाल
काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल
गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा : प्रेम सुवाल
सदन संसदीय व्यवस्थाअनुसार चलेन, सत्तापक्ष र प्रतिपक्षबिच भागबण्डा मात्रै भयो : सांसद सुवाल