बैतडी । बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो । पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको विजयी लक्ष्य पाटनले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
पाटनका लागि धीरेन्द्र चन्दले ५५ र किरन चन्दले ४५ रन बनाए । यसअघि ब्याटिङ गर्ने क्रममा हिमचुलीका कप्तान सन्नी विष्टले ५२ रन बनाए । बलिङतर्फ पाटनका लागि किरन चन्दले दुई विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए । उपाधिसँगै पाटने रु १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हिमचुलीले रु नौ हजारसहित ट्रफी र प्रमाणपत्र पायो ।
प्रतियोगितामा हिमचुलीका विकास विष्ट म्यान अफ दी सिरिज तथा हिमचुलीकै सन्नी विष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिए । पाटनका धीरेन्द्र चन्द उत्कृष्ट बलर घोषित भए । यही जेठ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १५ टोलीको सहभागिता रहेको थियो । विजेता खेलाडीलाई पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानीको समस्या लिएर मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
प्रहरीले खोस्यो हर्कको गाग्री
काठमाडौँका पूर्वमेयर सिंहको निधन
ढोरपाटनका मेयर नेपालीलाई बागलुङ पठाइयो
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
मेयर बालेनको कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक