काठमाडौँ। लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयरमा खरिद आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ। बैंकले गत जेठ १२ गतेबाट बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेको हो।
यो लिलामी सेयरमा आज अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ।यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ।
यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली १ जनालाई आईफोन–१५ उपहार
कुमारी बैंकको मोबाइल बैंकिङ्क एपबाटै कर्जा लिन सकिने
कुमारी बैंकको सेयर बिक्रीमा
कुमारी बैंकको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा