काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्नु लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको टिप्पणी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक बुधबार प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएर पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसबेला प्रमाणीकरण नगरेर रोकिदिएको सो विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चार दिने भारत भ्रमण सुरु हुन अघिमात्र प्रमाणीकरण भएको हो ।
सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्,‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने