काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले विवादित नागरिकता विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान भएको टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि पूर्व उपप्रधानमन्त्री थापाले आपत्ति जनाउँदै राष्ट्रप्रति बेईमानी भएको टिप्पणी गरेका हुन्।
‘प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो।’ थापाले भने,‘राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो। राष्ट्रप्रति बेईमानी हो।’
तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी बताउँदै उनले अहिले नयाँ चुनावबाट नयाँ जनादेश प्राप्त संसद आएको अवस्थामा राष्ट्रपति पौडेलले ९ महिना अघि निष्क्रिय भइसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान भएको धारणा राखे।
ट्वीटरमा उनले भनेका छन्, ‘भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजाँदा उनले भारतको नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ। राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाहकै दिन नागरिकता पाउने छिन्, सांसद मन्त्रि हुन पाउँछिन्। नागरिकता कागजको खोस्टो होइन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था उपयुक्त : कमल थापा