काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदीय समितिहरुमा संसद्मा रहेका सबैखाले विचारको नेतृत्व गर्ने दलको प्रतिनिधित्व हुन आवश्यक रहेको औल्याएका छन् ।
संघीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले आज (आईतबार) अहिले बनिरहेको विषयगत समितिमा सबै विचारहरुको समावेश नगरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । अझैं पनि कर्मकाण्डी तरिकाले देश अगाडि बढ्न सक्छ भन्ने सोच त्याग्न पनि उनले सबैसमक्ष आग्रह गरे ।
देश बर्वाद भइसहेको तर्फ लक्षित गर्दै उनले अब देशलाई थप बर्वाद पार्नतर्फ नलाग्न पनि उनले सबै दललाई आग्रह गरे । विचारलाई दमन गर्न नसकिने उनको चेतावनी छ । विचारको दमनकै परिणाम २०५१ को जनयुद्ध भएको उनले बताए । विचारलाई दमन गर्नु भनेको अर्को जनयुद्धलाई निम्तो गर्नु भएको उनको बुझाई छ ।
‘विचारलाई दमन गर्न सकिँदैन । विचारलाई दमन गर्दा कत्रो जनयुद्ध भोग्नुपर्यो यो देशले । ०५१ सालमा पनि त्यस्तै दमन थियो । अर्को जनयुद्धको निम्तो पनि नगरौं,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमबीबीएस पास गरेका ४३ जनामध्य ४१ जनाले विदेश जान दिए आवेदन: सांसद सिंह