काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि भारतमा विद्युत निर्यात पुन: सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको हो ।
शनिबार एक सय मेगावाट विद्युत् भारत निर्यात गरेको थियो । प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको प्राधिकरणले जनाएको छ ।
अब केही दिन प्रसारण लाइनको अवस्था जाँच गरेर मात्र थप विद्युत निर्यात गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको जनाएको छ ।
हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
पछिल्लो ६ महिनामा ११ अर्बभन्दा बढी नाफा गरेको प्राधिकरणको दाबी
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी