काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। राजदूत छन् सोङले बोआओ फोरम सहभागी नहुनुको कारणबारे सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका हुन्। प्रधानमन्त्री प्रचण्डले गत मंगलबार चिनियाँ राजदूतकै आग्रहमा बोआओ फोरममा सहभागी नभएको अभिव्यक्ति दिएका थिए।
सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिसभा बैठकमा चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको बताएका थिए।
'उत्तरले बोआओ फोरममा निम्ता गरेको पक्कै पनि हो। तर त्यहाँ नजाने भनेर नेपाल सरकारले निर्णय गरेको होइन। माननीय सदस्यहरूलाई प्रस्ट होस्, बरु चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्ठ्यारो बुझेर तपाईँ बोआओ फोरममा जान सम्भव देखिरहेको छैन। अलि पछि गरौं कि चीन भ्रमण भनेपछि मैले उहाँलाई मर्का बुझिदिनुभएको धन्यवाद भनेको थिएँ,' उनले भनेका थिए।
बालुवाटार स्रोतका अनुसार राजदूत छन् सोङ बिहान १० बजे प्रधानमन्त्री निवास पुगेका थिए। उनीहरूबीच करिब एक घण्टा सघन छलफल भएको स्रोतको भनाइ छ।
यसैबीच प्रधानमन्त्री प्रचण्ड बजेट लगत्तै भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय मिडियासँगको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उर्जा राज्यमन्त्री बर्खास्त गर्नु अघि प्रधानमन्त्रीको परराष्ट्रमन्त्रीसँग फोन सम्वाद
प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीद्वारा पहलगाममा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीको दोहोरो चालबाजी : चीनसँग एउटा, भारतसँग अर्काे प्रस्ताव
मिडिया ट्रायल गर्दा आलोचना भएपछि ब्याक हटे प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका आईटी सल्लाहकार खुशी पार्न नसक्दा शुरु देखि नै शिक्षामन्त्रीमाथी थियो दबाव