भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ४६ वटा धर्ना प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, ११ : ४५
भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ४६ वटा धर्ना प्रदर्शन

काठमाडौँ । सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर्न तीनै तहको सरकारलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले विभिन्न कार्यक्रम आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको शान्ति समाजले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउँदै आएको छ ।

यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुलाई कारबाही गर्न जोड दिँदै जेठ १ गतेदेखि शान्ति समाजले शुरु गरेको विशेष अभियानका क्रममा २२ जिल्लामा ४६ वटा धर्ना प्रदर्शन सम्पन्न भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ  । 

यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीहरुलाई बुझाइएको समाजका कृष्ण बहादुर रावलले जानकारी दिए । ३ बुँदे ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन÷अनुसन्धान गरि दोषीहरु प्रमुख दलका शिर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस