काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो ।
सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षको बजेट आउन पाँच दिन बाँकी रहेका बेला मुख्यमन्त्री शाहको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिम प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह गरेका हुन् ।
यसअघि मंगलबार सो टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि भेटेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा काँग्रेसले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा
सुदूरपश्चिममा विश्वासको मत दिन हतार गर्ने बेला भएको छैन : एमाले
काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्रीको कडा प्रतिवाद गर्ने
विश्वासको मत लिन मुख्यमन्त्री सोडारीले बोलाए प्रदेश सभा बैठक