काठमाडौं। नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ
दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ