बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए ।
‘अहिले भर्खरै हामिले उद्योग चलाउँछौं, रोजगारी सिर्जना गर्छौं भनेर सम्भव छैन्, हाम्रो जमिनको उपयोग र कृषिको उत्पादनबाट हामीले समृद्धिको सुरुवात गर्नुपर्ने छ’, उनले भने, ‘हामीले स्पष्ट नीति नबाएर सहकारी वा समूहमार्फत सामूहिक खेती प्रणालीको सुरुवात गर्छौं, सामूहिक रुपमा व्यावसायिक खेती गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम आगामी वर्ष नै ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरुवात हुन्छ ।’
स्थानीय तहहरुलाई पकेट क्षेत्र मानेर सोही अनुसारको उत्पादनमा जोड दिने नीतिको तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ थियो ।उनले प्रदेश सरकार टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने तयारीमा रहेको बताए। ‘अब प्रदेशले कनिका छरेझैं बजेट बाँड्दैन्, स–साना काम गरेनन् भनेर प्रदेशका माननीयलाई गाली नगर्नुहोला”, उनले भने, “हामिले स्थानीय तहले नसकेका योजनामा लगानी गर्छौं, जसले दीर्घकालिन महत्व राखुन ।’
मुख्यमन्त्री पाण्डेले अराजकताको बलमा उदाएका शक्तिहरुले लोकतन्त्र र गणतन्त्रलाई सङ्कटमा धकेलेको आरोप समेत लगाए । ‘जनप्रतिनिधि होस् वा पार्टीको नेतृत्व एक वर्षमा काम ग¥यो गरेन् भनेर मुल्याङ्कन गर्ने होइन, एक वर्षमा त कामको सुरुवात गर्ने दिशा समात्यो कि समातेन भनेर हेर्ने हो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा
कृष्ण धितालले गरे ३० जनाकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने
गण्डकी प्रदेशको गौरव 'कोरोला–त्रिवेणी' सडक कालोपत्र गरिँदै