सरकारको नीति तथा कार्यक्रम

एक पालिका एक उत्पादन क्षेत्र, वडावडामै कृषि प्राविधिक

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १७ : ०१
एक पालिका एक उत्पादन क्षेत्र, वडावडामै कृषि प्राविधिक

काठमाडौं । सरकारले आत्मनिर्भर स्थानीय तहको नीति लिएको छ। शुक्रबार संघीय सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।

‘एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र नीतिमार्फत् आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ’, राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा भनिएको छ।

त्यस्तै, प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिका एकएक वटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस