स्टार्टअप व्यवसायको लागि सरकारले १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिने

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, १६ : ५१
स्टार्टअप व्यवसायको लागि सरकारले १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिने

काठमाडौं। सरकारले स्टार्टअप व्यवसायलाई प्रवर्द्धन आगामी आर्थिक वर्षमा एक हजार युवाको लागि सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ ।सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले देशका सातवटै प्रदेशका एक हजार युवाले स्टार्टअपका लागि सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेका हुन् ।

‘सरकारले स्टार्टअप राष्ट्रिय अभियान संचालन गर्दैछ । यसको लागि तीन तहका सरकार र निजी क्षेत्रको समन्वय र विभिन्न संस्थासँगको सहकार्यका काम गरिनेछ', सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सातवटै प्रदेशमा स्टार्टअपलाई प्रवर्द्धन गर्न आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्टअपका लागि सहुलियतपूर्ण कर्जा दिइनेछ ।’

प्रतिक्रिया दिनुहोस