काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको बताए ।
“ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ”, उनले भने, “त्यसैले टाइफाइड रोगबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाइ र वातावरण स्वच्छ राख्नु हो ।”
मन्त्रालयले सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने, बेला–बेलामा साबुनपानीले मिचीमिची हात धुने, राम्ररी पकाएको र सधैँ छोपेर राखेको खानामात्र खाने गर्नुपर्दछ ।
यस्तै बासी, सडेगलेको र झिङ्गा भन्केको खाना कहिल्यै नखाने र पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ताबेल प्रयोग गरी सफा र सुरक्षित पानी पिउने गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयद्वारा गुनासो सुनुवाइ एकाइ गठन