काठमाडाैं। गृहसचिव दिनेश भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।मंगलवार प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणमा पुगेका उनलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।
गृह सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिएका थिए ।निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव भट्टराईले गृह प्रशासन मातहत कार्यरत सबैले आफू शासक नभएर सेवकको रुपमा नागरिक सेवामा समर्पित हुनुपर्ने बताए ।
आर्थिक सामाजिक रुपान्तरणको अभियानलाई सार्थक बनाइ सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनका लागि पनि उनले आग्रह गरेका थिए ।विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधिको समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न उनले आग्रह गरेका थिए । सम्बोधनकै क्रममा उनले नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १६ : ५८
लेखकबाट थप