चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् । निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो ।
खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ । यस्तै, वैशाख २७ गते सौराहा सेक्टरको राप्ती नदी क्षेत्रको पटना भन्ने ठाउँमा साढे २ बर्षको भाले गैंडाको बच्चा मृत फेला परेको छ ।
प्राकृतिक कारणले मरेको दावी गरिएको गैंडाको खाग र खुर सुरक्षित छ । विश्वकै दुर्लभ मानिने गैंडा चालु आर्थिक बर्षमा मात्रै १८ वटा मरिसकेका छन् । ती मध्ये ३ गैंडा चोरी शिकारीले मारेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
५ महिनामा १२ वटा गैँडा मृत भेटिए
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
गैँडाले आक्रमण गर्दा पथप्रदर्शक घाइते
गैँडाको आक्रमणबाट १ जनाको मृत्यु
बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु, २ जना पर्यटक घाइते