सोमबार बस्ने संवैधानिक परिषद्को बैठक

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, ११ : २८
सोमबार बस्ने संवैधानिक परिषद्को बैठक

काठमाडौं। संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ। परिषद्को बैठक सोमबार साँझ ६ बजेलाई तय भएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्। ‘अस्तिकै बैठकको निरन्तरता भनेर बोलाइएको छ। थप कार्यसूची खुलाइएको छैन,’ उनले भनिन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।भोलि बस्ने बैठकले प्रधानन्याधीश नियुक्त गर्ने सम्भावना छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा छन्। संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस