एजेन्सी । मणिपुरमा भडकिएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ ।
५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरु इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको छ ।
यसबाहेक इम्फाल पश्चिमको लाम्फेलस्थित क्षेत्रीय चिकित्सा विज्ञान संस्थानले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्थिति नियन्त्रण गर्न सेना र असम राइफलका करिब १० हजार सिपाही राज्यमा तैनाथ गरिएका छन् ।
पीटीआईका अनुसार दुई समुदाय बीचको हिंसात्मक झडपमा धेरै व्यक्तिको मृत्यु भएको हुन सक्ने जनाईएको छ, सयभन्दा बढी घाइते हुन पुगेका छन् । यद्यपि प्रहरी भने यो कुरा पुष्टि गर्न तयार छैन ।
गोली लागेर घाइते भएका धेरैको रिम्स र जवाहरलाल नेहरू चिकित्सा विज्ञान प्रतिष्ठानमा पनि उपचार भइरहेको छ । हिंसा नियन्त्रण गर्न सेना, र्यापिड एक्शन फोर्स र केन्द्रीय प्रहरी बलको थप फौज मणिपुर पठाइएको छ।
मणिपुर नरसंहारमा मृत्यु हुनेको संख्या ५४ पुगेको अधिकारीहरुले बताए पनि अनौपचारिक स्रोतहरूले यो संख्या धेरै हुने सक्ने जनाएका छन् । त्यहाँको इन्टरनेट काटिएका कारण जारी हिंसामा के कतिको ज्यान गयो, त्यसको स्वतन्त्र पुष्टी भने अझै हुन सकेको छैन ।
साथै, जारी हिंसालाई नियन्त्रण गर्नका लागि थप सेना, र्यापिड एक्सन फोर्स र केन्द्रीय प्रहरी बलको बलियो सुरक्षा उपस्थितिले सबै प्रमुख क्षेत्र र सडकहरुलाई भने नियन्त्रणमा लिईएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ बैशाख २०८०, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थीको मृत्युपछि चिनियाँ सहरमा भड्कियो हिंसा
बंगलादेशमा हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग
बेलायतमा पनि बढ्यो हिंसा, ४०० जना गिरफ्तार
बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा
बंगलादेशमा फेरि भड्कियो हिंसा
बङ्गलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि भड्कियो हिंसा