काठमाडौ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई शुक्रबार राति खुकुरीले हानिएको छ।
दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजस्थित बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सई नरेन्द्र चैंसिरविरुद्ध खुकुरी प्रहार भएको हो।
ड्युटीका क्रममा पोस्टनजिकै राति साढे १० बजे ४/५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको हो।
‘राति केटाहरु घुमिरहेका थिए, ड्युटीका क्रममा उनीहरुलाई यो राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर भागे’, सुरक्षास्रोतले भन्यो, ‘रातभर उनीहरुको खोजी गर्यौँ, तर फेला परेका छैनन्।’
खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीस किलोको खुकुरी, मूल्य कति होला ?
खुकुरी प्रहारको घटनाका आरोपी सात जना पक्राउ