झापा । प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् ।
झापा भद्रपुर नगरपालिका-८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीमाथि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली नागरिकता र मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा महिला पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
७० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ
भित्रि वस्त्रमा १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलबाट पक्राउ