तातोपानी। सिन्धुपाल्चोककाे तातोपानी नाका साेमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएकाे हाे। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप साेमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।
साेमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।
गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार साेमबारदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुला भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ह्युमपाइपले जोडियो तातोपानी नाका
तुईन र फड्केले जोडियो तातोपानी नाका