काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास बिफल भएको बताएका छन् ।
नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा बिभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले बिद्यालयमा राजनीति बर्जित गरिएकोसमेत जनाएका छन् ।
‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’ मेयर साहले शुकबार बिहान भनेका छन, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।’
महानगरपालिकाले गत मगलबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे र गराउने अनुमति दिने प्रधानाध्यापकलाई बिभागीय कारबाही गर्ने चेतावनीसहित परिपत्र जारी गरेको थियो ।
उक्त परिपत्र जारी भए पछि नेकपा बहुमत निकट बिद्यार्थी संगठनले हिजो महानगरको शिक्षा बिभागमा तालाबन्दी गरेका हुन्, जुन तालाबन्दी हिजो नै तोडिएको महानगरपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामो भाषण गरेर समय लिने भन्दा काममा समय दिनुपर्छ: बालेन शाह
ओली लक्षित बालेनको टिप्पणी : गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : बालेन शाह
'ओली नेतृत्व सरकारलाई कारबाही गर्नुपर्छ' : बालेन शाह
शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच भेट
बालेन शाहले कर्मचारीलाई नियमविपरीत निलम्बन गरेको खुलासा