लामो भाषण गरेर समय लिने भन्दा काममा समय दिनुपर्छ: बालेन शाह

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, १९ : ०७
लामो भाषण गरेर समय लिने भन्दा काममा समय दिनुपर्छ: बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँ महानगर वडा ८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख शाहले सबैले भाषणभन्दा पनि काम गर्न जरुरी रहेको बताए।

२२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको भन्दै उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए। उनले विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहारजस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताए। उनले सम्पदामैत्री क्षेत्रमा सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौँ महानगरले बजेटसमेत व्यवस्था गरिरहेको छ। उनले सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए।  

प्रतिक्रिया दिनुहोस