काठमाडौँ । नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् । प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरू एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाएका हुन् ।
उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरू फेल भएको सङ्केत उपचुनावको परिणामले गरेको बताए । ‘एमसीसी, एसपीपीजस्ता राष्ट्रघाती परियोजना लागु गरी नेपाललाई विदेशीको खेल मैदान बनाउन शक्तिकेन्द्रहरू लागि परेका छन् । सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताकै कारण विदेशीले खेल्न पाएका हुन् । यही मौकामा विदेशीले केही नयाँ पात्र अगाडि सारेर आफ्नो वर्चस्व बढाउन लागि परेका छन्,’ बास्तोलाले भने । उनले नयाँ शक्तिको नाममा देशलाई युक्रेन बनाउन खेल सतहमा आउन थालेको दाबी समेत गरे ।
कार्यक्रममा नाटककार विजय विस्फोटले थपलियाको नाटक ‘कमरेड फिप्टी पर्सेन्ट’ अनिल बारबेको विश्व चर्चित नाटक ‘थ्याङ्क्यू मिस्टर गल्याड’ को स्तरको नाटक भएको बताए । समालोचक बद्री चौलागाईले वर्तमान राजनीतिक विश्वका विकृति र विसंगतिलाई प्रहार गरेको धारणा राखे ।लेखक थपलियाले केही कमजोरी भएपनि पुस्तकमा आफू इमानदार भएको दाबी गरे । चरम व्यक्तिवाद हावी भएर समाज र युवा पङ्क्तिलाई रक्षानमा पुर्याउन लागेको भन्दै आफूले इमानदार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी ज्यान मुद्दामा नेता धर्मेन्द्र बास्तोला दोषी ठहर