काठमाडौँ । नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहलकदमी लिएका छन्।
नेपालमा उत्पादन भएका सवारी साधनहरुको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो। कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधन हुने भएको छ।
सोमबार मन्त्री ज्वालाले मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिइसकेका छन्।
‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ,’ मन्त्री ज्वालाले भने, ‘स्वदेशमै उत्पादन भएका सवारी साधनलाई हामी प्रोत्सान गर्छौँ, तर त्यसको सुरक्षा, सुलभ मुल्यमा होस् भन्नेमा हाम्रो चासो छ।’
यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन्। नेपालमा उत्पादन भएका सवारीसाधनको टेष्ट पनि भइसकेको छ। तर प्रज्ञापन पत्रको अभावमा दर्ता हुन सकेका थिएनन्। प्रज्ञापन पत्रको सट्टा कर बिजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ।
यातायात व्यवस्थाको कार्यविधिमा नेपालमा पनि सवारी साधनहरु उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन। २०५४ सालमा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५४ प्रतिशत सवारीसाधन मापदण्डविपरीत
पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोड रुपैयाँ
जाँचपास नभएका हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सार कार्यालयमा थन्किए