एजेन्सी । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
ब्राइटलाइ टाइब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
आइतबार राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा युनाइटेडका सबै खेलाडीहरुले गोल गरेर बिजेता बने पछि अब म्यान्चेस्टर युनाईटेड फाइनलमा म्यानचेस्टर सिटीसँगको खेल्नेछ ।
युनाइटेडका खेलाडीहरु ण्मार्सेल सवित्जर, वोउट वेगह्रस्ट क्यासमिरो, मार्कस रासफर्ड, डिएगो डालोट, जेडान सान्चो,र भिक्टर नेल्सन लिन्डेलफले हानेको बल ब्राइटनका गोल किप्परले सामान गर्न सकेनन । र, अन्ततः युनाइटेडको सबै गोल हुन पुग्यो ।
उता, ब्राइटनका खेलाडीहरु पेर्भिस इस्टुपिनान, लेविस डन्क, एलेक्सिस म्याक एलिस्टर, डेनिज अन्डभ, एडम वेवस्टेर र पास्कल ग्रसले गोल गर्न सफल भए पनि सोली मार्च चुक्दा खेल म्यान्चेस्टर युनाईटेडको पक्षमा पुग्यो ।
म्यानचेस्टर डर्वीमा ३ जुनमा हुने फाइनलमा युनाइटेडले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ बैशाख २०८०, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध