काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिए ।कार्यालयले ५० भन्दा बढी परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका जाँच भइरहेको जनाएको छ ।
चैत १७ गतदेखि २९ गतेसम्म भएको परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको पनिकाले जनाएको छ ।नतिजा असारको तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै