चितवन।चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ ।यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १३ : ०१
लेखकबाट थप