कञ्चनपुर । कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
शुक्रबार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउण्ड फायर गरेको थियो ।बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई सीप सिकाउँदै स्थानीय तह
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
गुल्मीमा एक जना महिला मृत फेला
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
सर्लाहीमा एक महिलाको हत्या
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु