बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

विहीबार, ०३ साउन २०७५, १८ : ३१
बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

सिन्धुली ।

सिन्धुलीतर्फबाट काठमाडौँ जाँदै गरेको सगरमाथा प्रालिको बा३ख २५४० नंको बस र काठमाडौँबाट सर्लाहीका लागि गुडेको ना४त ५२५३ नको कुखुरा बोक्ने पिकअप बोलेरो एकापसमा ठक्कर खाएको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि अहिले धुलिखेलतर्फ लगिएको छ । दुर्घटनामा सिन्धुली गोलज्नोर गाउँपालिका निवासी पवन ठकुरी र फिक्कल गाउँपालिका निवासी बसका सहचालक उज्ज्वल बरालको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

बस र बोलेरो दुवैको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकको घुम्तीमा बसले हायसलाई उछिन्ने क्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । बिपी राजमार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइँदा दुर्घटना कमी भएको थियो । सर्वोच्च अदालतले ठूला सवारी साधनलाई पनि सञ्चालन गर्न पुरानै आदेशलाई गत असार ३१ गतेबाट निरन्तरता दिएपछि दैनिक दुर्घटना दर बढेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस