काठमाडौं । पछिल्लो एक सातायता नेपालकोे वायु अस्वस्थकर बन्दै गएको एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले देखाएको छ ।
हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले नेपालको काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको चौथो स्थानमा राखेको छ ।
एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।
काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा चौथो स्थानमा रहेको छ ।काठमाडौंको एक्यूआइ अहिले १८५ छ ।
आइतबार सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । हाल च्याङमाइको एक्यूआइ २३० छ । यस्तै दोस्रो स्थानमा बंगलादेशको ढाका सहर छ । तेस्रो स्थानमा भारतको दिल्ली र पाँचौ नम्बरमा थाइल्याण्डको बैंकक रहेको छ ।
देशभर डढेलोको कारण वायु प्रदुषण बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जनस्वास्थ्यविद्हरुले यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्ने भएकाले मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरिसको नक्कल गरेर चीनमा बनाइयाे सहर, हनिमुन मनाउनेकाे भीड