एजेन्सी । हामीले खाना खाने समय लगभग निर्धारित हुन्छ । बिहान, दिउँसो, बेलुका यिनै तीन समयमा आफ्नो सहजताअनुसार मानिसले खानेकुरा खान्छन् । तर, बेलुकाको समयमा खाने खाना र सुत्नुअघि केही खाने बानी छ भने त्यसमा ध्यान पुर्याउनुपर्छ। सुत्नेबेलामा यी खानेकुरा खानु स्वास्थ्यका लागी राम्रो हुदैन् ।
चकलेटः चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुन्छ । विशेषगरी बच्चाहरुले चक्लेट जुन समयमा भेटे पनि खाइदिन्छन् । चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले बच्चाको दाँत बिगार्छ । त्यसैले सुत्नेबेलामा खाएको चकलेटले हानी पुर्याउँछ। राति खाएको चकलेटले एसिडिटी बढाउँछ भने निद्राको समस्या आउन सक्छ।
पास्ताः पास्तामा धेरै कार्बोहाइड्रेड हुन्छ । राति पास्ता नखाँदा राम्रो। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने हुन्छ । तसर्थ तौल नियन्त्रणका लागि पनि राति पास्ता खानु उचित होइन ।
पिजाः बेलुका एसो रेस्टुरेन्टतिर घुमेर पिजा खाएर आउने अनि सुत्ने चलन सहरमा बढ्दो छ । तर पिजामा पाइने अधिक क्यालोरीले गर्दा राति खाँदा शरीरलाई फाइदा र्पुयाउँदैन । शरीरलाई चाहिनेभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खाएर सुत्दा मोटोपना नियन्त्रण हुँदैन । पाचन प्रक्रियाका पनि समस्या आउन सक्छ ।
खुर्सानीः सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन । राति धुलो खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ ।
मासुः मासु राति नखाँदा उत्तम । अधिकांशले मासु राति पकाएर खाने गर्छन, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन । राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ । मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ। यस्तै, राति मासु खाएर सुत्दा अपच हुने र निद्रामा समस्या आउने पनि हुन्छ ।
फ्रुटजुसः फ्रुट जुसमा एसिडिटी हुन्छ । राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ बैशाख २०८०, १२ : ३७
लेखकबाट थप