म सानो कलाकार हो, ठूलो बन्ने रहर छैन : केदार घिमिरे

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १६ : ०७
म सानो कलाकार हो, ठूलो बन्ने रहर छैन : केदार घिमिरे

काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । बुधबार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर रहेको बताए ।

उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरुको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता जनाए । उनले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढीरहेपनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बतए ।

उनले भने, ‘यो मैले वर्ष अभिनेता भनेर अवार्ड पाएको छु, त्यसका लागि अत्यन्त खुशी लागेको छ । दर्शकहरुमा यो म समर्पण गर्न चाहन्छु । दर्शकको माया र आशिर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ । म सानै कलाकार हो, र म सधैँ सानै भएर बाच्न चाहन्छु, तपाईहरुको माया सधैँ रहीरहोस् । म मा घमण्ड कहिल्यै पनि नपलाओस् । कोरोना आउन लागेको छ, त्यसलाई हामी जित्नेछौँ । आर्थिक मन्दी आउँदैछ भन्छन्, त्यसलाई पनि हामी जित्नेछौँ । त्यसका लागि हामीले आत्मबल बलियो बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस