काठमाडौं । बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ ले प्रिमियरमा प्रशंसा पाएको छ । बुधबार साँझ आयोजित प्रिमियर शोमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले ‘बुलाकी’ को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।
चलचित्रले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन । प्रदर्शकहरुले चलचित्रलाई चेपुवामा पारेको गुनासो निर्माताको छ । तर, चलचित्रले स्पेशल स्क्रिनिङमा पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन् । चलचित्र हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।
चलचित्र हेर्न पुगेका निर्देशक दिनेश डीसीले पनि चलचित्रलाई लाई उत्कृष्ट बनेको बताए । अभिनेत्री नीता ढुंगानाले चलचित्र हेर्दा छुट्टै आनन्दको अनुभुती भएको सुनाइन् । साथै अभिनेता हरिहर अधिकारीले नेपाली चलचित्रमा मौलिक कथा भन्न आवश्यक रहेको बताए ।
अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले पनि चलचित्रले पुरा समय बाँधेर राखेको सुनाए । चलचित्रमा नायक नरेन खड्काले त सरप्राइज नै दिएका छन् । चलचित्र क्षेत्रमा नोटिस नभएका नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ ।
अभिनेत्री सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन् । डेव्यु अभिनेता विराज विष्टको अभिनयले पनि चलचित्रमा दर्शकलाई फरक अनुभुती गराउँछ । डेव्यु निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको बताए ।
चलचित्र ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइको अभिनय रहेको छ ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको यो चलचित्र शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १३ : ४०
लेखकबाट थप