पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण आइसकेको छैन ।
उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिएको छ तर यथार्थ विवरण लिने प्रयास भइरहेको गौतमले बताए । पाइलटको प्रियाअधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । बेस क्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको र पाइलट सकुशल रहेको पोखरा विमानस्थलका टावर कन्ट्रोलर योगेन्द्र केसीले जानकारी दिए । प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै खुलेन पहिचान
हेलिकप्टर दुर्घटना : क्याप्टेन मल्लको शव परिवारलाई बुझाइयो, चिनियाँ नागरिकको पहिचान हुँदै
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी