काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन ।बिहीबारको प्रतिनधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरे ।
उनले सरकारले विदेबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गरे । उनले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गरे ।
उनले सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि कुनै काम गर्न नसकेको प्रति दुःख व्यक्त गरे ।
सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गरे । उनले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र स्तम्भ अवलोकनका लागि सरकारले खुला गर्न नसके महानगरलाई जिम्मा दिनुपर्छ : सांसद सिंह
दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सभापति सिंहको निर्देशन
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह