गणतन्त्र स्तम्भ अवलोकनका लागि सरकारले खुला गर्न नसके महानगरलाई जिम्मा दिनुपर्छ : सांसद सिंह

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १३ : ४६
गणतन्त्र स्तम्भ अवलोकनका लागि सरकारले खुला गर्न नसके महानगरलाई जिम्मा दिनुपर्छ : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहल नारायणहिटी दरबारभित्र बनेको गणतन्त्र स्तम्भ तत्काल खुला गर्न माग गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले नसके काठमाडौं महानगरपालिकालाई जिम्मा दिने आग्रह गरे।

उनले भने, ‘नारायणहिटी दरबारभित्र बनेको गणतन्त्र स्तम्भ बनेको पाँच वर्ष भइसक्यो, ताला लगाइराखेको छ त्यो पार्कमा जनतालाई घुम्न र अध्ययन गर्न तुरुन्त खुला गर्नुपर्छ। विद्यार्थीको लागि अध्ययन गर्नको लागि पनि हुन्छ। यदि नेपाल सरकारले गर्न सक्दैन भने काठमाडौं महानगरपालिकालाई जिम्मा देओस्।’

प्रतिक्रिया दिनुहोस