काठमाडौँ । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ ।भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको हो ।
अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ ।निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ । भारतका धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
बढ्यो पेट्रोल-डिजेलको मूल्य
पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन काँग्रेसद्वारा ध्यानाकर्षण
घट्यो पेट्रोल, डिजेलको मुल्य, कति पर्छ लिटरको ?
घट्यो पेट्रोल र डिजेलको मूल्य