काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सिरहाबाट हिँँडेर न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेका हुन् । सुदखोरबाट पीडित भएकाको न्यायका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै उनले लघुवित्त र बैंकले जनतमाथि अन्याय गरेकाले गम्भीर हुनुपर्ने बताए ।
बैंकले जनताको पैसा उठाएर जनतामा परिचालन नगर्दा विभिन्न समस्या आइरहेको बताउँदै उनले सुदखोर र लघुवित्तले जनताको जमिन पास गरेर लिएको र अझै ऋण तिरिनसकेको भन्दै मिटरब्याज लिइरहेकाले गम्भीर हुनुपर्ने दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिटरब्याजीको रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो