एजेन्सी । पहिलो पटक कप्तानको जिम्मेवारी पाएका केलियन एम्बाप्पेले फ्रान्सका लागि २ गोल गरेको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४-० ले पराजित गरेको छ। युरो छनोटमा सानदार प्रदर्शन गर्ने क्रममा साविक विश्व उपविजेता फ्रान्सले विश्वकपको फाइनल हार पछि पहिलो जित हासिल गर्यो।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै एन्टोनी ग्रिजमनको गोलबाट अग्रता लिएको थियो। उनले कप्तान एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए।
लगतै आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पिहलो हाफमै फराकिलो अग्रता तर्फ अग्रसर गराएका थिए।
पहिलो हाफमा ३ गोलको अग्रता बनाएको फ्रान्सले ८८औं मिनेटमा चौंथो गोल गरेको थियो। इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाएले सदुपयोग गर्न असफल हुँदा सान्तवना गोलको अवसरबाट नेदरल्यान्डस बञ्चित भएको थियो।
जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ। यही समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी
एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता
रियल म्याड्रिडमा भित्रिए एम्बाप्पे
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा