अधिवक्ता गोविन्द बन्दीलाई सत्य निरुपण आयोगको जिम्मेवारी दिँदै सरकार

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, ०६ : ३७
अधिवक्ता गोविन्द बन्दीलाई सत्य निरुपण आयोगको जिम्मेवारी दिँदै सरकार

काठमाडौँ ।  सरकारले पूर्वमन्त्री एवं वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई संक्रमणकालीन न्यायको टुंग्याउने महत्वपूर्ण सत्य निरुपण तथा मेलमिलाप आयोगको जिम्मेवारी दिने तयारी गरेको छ।

कुनै बेला माओवादी पक्षलाई कारबाही गर्नुपर्छ भन्ने उग्र मान्यता बोकेर देश विदेशमा लविङ गर्दै हिँडेका बन्दीलाई नै प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय टुंग्याउने जिम्मेवारी दिन लागेका हुन्।

स्रोतले भन्यो, ‘उहाँलाई जिम्मेवारी दिने टुंगो लागिसकेको छ।’ संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुणसहित बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनका लागि गठित आयोग पदाधिकारीविहीन छ।

प्रतिक्रिया दिनुहोस