काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण गराएको छ।
पत्रकार महासंघका पदाधिकारीहरूसँग भेटघाटका क्रममा सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रिमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति युनियनले आपत्ति जनाएको हो।
अध्यक्ष दिलीप पौडेलले एक विज्ञप्ति जारी गर्दै सभामुखबाट समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने गरी विचार अभिव्यक्त भएको भन्दै निन्दनीय भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, ०९ : ५५
लेखकबाट थप