बारा । सडक दुर्घटनामा परी शनिबार साँझ बारामा एक जनाको ज्यान गएको छ ।
साँझ करिब साढे ६ बजे बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना। ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सो दुर्घटनामा आदर्श कोतवाल गाउँपालिका १ जमुनिया बस्ने २२ वर्षका विकास कुमार साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेको गाडीको खोजतलास भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु
सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु